Market Closed

थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै ८४३

28 Oct,2020
  • coron_10_24_2020_11_20_38_10_28_2020_4_35_22.jpeg
नेपाली पैसा 

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा काठमाडौं उपत्यकाका मात्रै ८४३ जना रहेका छन् । थपिएकामध्ये काठमाडौंका ६९६, भक्तपुरका २९ र ललितपुका ११८ जना रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ६२ हजार ३५४ पुगेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 



यता, पछिल्लो २४ घण्टामा २९ सय ८१ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख २१ हजार ८२४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ८८७ पुगेको छ ।

Post Your Comment