Market Closed

२४ घण्टामा विश्वमा ५ लाख २२ हजार जना कोरोना संक्रमित थपिए

29 Oct,2020
  • corona_sf_10_16_2020_12_46_24_10_29_2020_11_27_05.jpg
नेपाली पैसा

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड ४७ लाख ७४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख २२ नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख ७९ हजार २२५ पुगेको छ । हालसम्म ३ करोड २७ लाख २७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९१ लाख २० हजार ७५१ पुगेको छ । यहाँ हालसम्म २ लाख ३३ हजार १३० हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ८० लाख ४० हजार २०३ संक्रमित हुँदा १ लाख २० हजार ५६३ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५४ लाख ६९ हजार ७५५ जना संक्रमित हुँदा १ लाख ५८ हजार ४६८ जनाको मृत्यु भएको छ । रुसमा १५ लाख ६३ हजार ९७६ संक्रमित हुँदा २६ हजार ९३५ जनाको मृत्यु भएको छ । फ्रान्समा १२ लाख ३५ हजार १३२ संक्रमित हुँदा ३५ हजार ७८५ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ११ लाख ९४ हजार ६८१ पुगेको छ भने ३५ हजार ४६६ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ११ लाख ३० हजार ५३३ संक्रमित हुँदा ३० हजार ७१ जनाको मृत्यु भएको छ । कोलम्बियामा १० लाख ४१ हजार ९३५ संक्रमित हुँदा ३० हजार ७५३ जनाको मृत्य भएको छ । 
 
यता, बेलायतमा हालसम्म ९ लाख ४२ हजार २७५ जना संक्रमित रहेका छन् ४५ हजार ६७५ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ९ लाख ६ हजार ८६३ जना संक्रमित हुँदा ९० हजार ३०९ को मृत्यु भएको छ । पेरुमा ८ लाख ९४ हजार ९२८ जना संक्रमित हुँदा ३४ हजार ३१५ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख १९ हजार ७१४ जना संक्रमित हुँदा १९ हजार १११ जनाको मृत्यु भएको छ । इरानमा ५ लाख ८१ हजार ८२४ जना संक्रमित हँदा ३३ हजार २९९ जनाको मृत्यु भएको छ । इटलीमा ५ लाख ८९ हजार ७६६ जना संक्रमित हुँदा ३७ हजार ९०५ जनाको मृत्यु भएको छ । चिलीमा ५ लाख ५ हजार ५३० जना संक्रमित हुँदा १४ हजार ३२ को मृत्यु भएको छ । जर्मनीमा ४ लाख ८१ हजार १३ जना संक्रमित हुँदा १० हजार ३५९ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म ४ लाख ३ हजार ७९ जना संक्रमित हुँदा ५ हजार ८६१ को मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख ३१ हजार १०८ संक्रमित हुँदा ६ हजार ७७५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ लाख ६२ हजार ३५४ जना संक्रमति फेला पर्दा १ लाख २१ हजार ८२४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ८८७ जनाको भने मृत्यु भएको छ । जापानमा ९८ हजार ११६ जना संक्रमित हुँदा १ हजार ७३० जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ९१५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 
 
 

Post Your Comment