Market Closed

दशैं सकिए लगत्तै सुन बन्यो सस्तो, यसरी हुँदैछ कारोबार

29 Oct,2020
  • gold_img_10_8_2020_11_24_09.jpg
नेपाली पैसा
 
काठमाडौं : सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ सस्तो भएको छ । दशैं अघि प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन दशैंपछि बिहीबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।



चाँदीको भाउ प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको छ । दशैं विदा अघि तेजावी सुनको मूल्य तोलाको ९५ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

Post Your Comment