Market Closed

कोरोनाबाट निधन हुनेको संख्या ९०० नाघ्यो, अरु २३ सय ६४ संक्रमित थपिए

29 Oct,2020
  • corona_machine_10_29_2020_4_38_41.jpg
नेपाली पैसा 

काठमाडौं :  नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा अरु १७ जनाको निधन भएसँगै संख्या ९०० नाघेको हो । यता, पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ६४ हजार ७१८ पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा ३० सय ३८ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख २४ हजार ८६२ जना पुगेको छ । 

Post Your Comment