Market Closed

एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

30 Oct,2020
  • atm_10_30_2020_12_01_14.jpg
 
दमौली : तनहुँको दमौलीस्थित माछापुच्छे् बैंकको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ रहेका छन् । व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैंकको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएम पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीले निजका साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ । 
 
रासस
 

Post Your Comment