Market Closed

नेपालमा थप ३५ सय १७ जनामा कोरोना संक्रमण

30 Oct,2020
  • 00_10_27_2020_10_43_26.jpeg
नेपाली पैसा
 
काठमाडौं : नेपालमा थप ३५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्या थपिएको हो । हालसम्म नेपालमा कुल १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख २८ हजार ९५८ जना निको भइसकेका छन् । 


 
यस्तै, पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भने ४ हजार ९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ९२० पुगेको छ । जसमध्ये, १६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको हो । 

Post Your Comment