Market Closed

विश्व धनाढ्य जेफ बेजोसले बेचे ३ अर्ब डलरको अमेजन सेयर

05 Nov,2020
  • amajon_11_5_2020_1_39_43.jpg
नेपाली पैसा

काठमाडौं : अर्बपति जेस बेजोसले आफ्नै कम्पनीको सेयर बेचेका छन् । बेजोसले यस हप्ता मात्रै आफू संस्थापक रहेको कम्पनी अमेजनको ३ अर्ब डलर भन्दा बढीको सेयर बिक्री गरेका हुन् । पछिल्लो समय बेजोसले अमेजनमा आफ्नो स्वामित्वको सेयरहरु बेच्ने क्रम बढाएका छन् । बेजोसले गत फेब्रुअरीमा पनि ४.१ अर्ब डलर र अगस्टमा ३.१ अर्ब डलर बराबरको अमेजनको सेयर बेचेका थिए ।

यस हप्ता बिक्री गरेको समेत जोड्दा सन् २०२० मा मात्रै बेजोसले १० अर्ब २० करोड डलर भन्दा बढीको अमेजनको सेयर बेचेका छन् । सन् २०१९ मा पनि बजोसले अमेजनको २ अर्ब ८० करोड डलर बराबरको सेयर बिक्री गरेका थिए । पछिल्लो समय सेयर बिक्रीमा बढावा दिए पनि बेजोस विश्वकै धनी व्यक्तिमा कायमै रहेका छन् ।

बजोससँग अझै पनि अमेजनको ५ करोड ३० लाख कित्ता भन्दा बढी सेयर रहेको छ । जसको बजार भाउ १ खर्ब ७० अर्ब डलर भन्दा बढी रहेको छ । ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन’ लाई उपलब्ध गराएको फाइल अनुसार पहिला नै गरिएको एक खरिदबिक्री सम्झौता अनुसार उक्त सेयर कारोबार भएको हो । 
 
जेफ बेजोसले प्रत्येक वर्ष १ अर्ब डलर बराबरको अमेजनको सेयर बेच्ने यसअघि नै घोषणा गरिसकेका थिए । उनले आफ्नो रकेट योजना ‘ब्यू ओरिजिन’ मा लगानी गर्न उक्त सेयर बेच्ने घोषणा गरेका हुन् । उनले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न गत फेब्रुअरीमा ‘अर्थ फन्ड’ घोषणा गरेका थिए । जसले वैज्ञानिक, अभियन्ता र अन्य संघसंस्थालाई आर्थिक सहयोग दिनेछ । 
 

Post Your Comment