Market Closed

सेयर बजारमा आज पनि उस्तै छ उत्साह

01 Dec,2020
  • bulll_2_12_1_2020_2_09_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर कारोबार रकममा मंगलबार पनि निकै उत्साह देखिएको छ । खरिदबिक्रीमा आकर्षक माहोल जारी रहँदा नेप्से सूचक पनि विस्तारै वृद्धिकै बाटो फर्किएको छ । छोटो समयमा बेस्सरी नाफा कमाएकाहरुले बेच्न खोज्दा मंगलबार केही समय सूचकमा उतारचढाव देखिए पनि पर्याप्त मात्रामा क्रेता हावी भएपछि नेप्सेले फेरि माथिल्लै लय समाएको हो । बेलाबेलामा बिक्रीकर्ता हावी हुन खोजे पनि त्यो भन्दा बढी क्रेता उत्साहित देखिएका ब्रोकरहरुको भनाई छ । उनीहरुले सजिलै बजारमा आएको सेयर खपत गरिदिएका छन् ।



बजारमा बिक्रीमा आएका सेयर किन्नेहरु पर्याप्त भएकाले बजार अझै बलियो बन्दै गएको कतिपय विश्लेषकहरुको भनाई छ । नेप्से मंगलबार पनि २०२२ विन्दु आसपाससम्म पुगेर केही तल झरेको छ । तथापि, फेरि विस्तारै सूचक वृद्धिको क्रममा लागेको छ । २ बजे आसपासमा बजार २००० हजार विन्दुमाथि लागेको छ । करिब पौन ६ अर्ब रुपैयाँको कारोबार भइसकेको छ । यसबाट बजारमा पर्याप्त मात्रमा चहलपहल गरेको बुझ्न सकिन्छ । 



Post Your Comment