Market Closed

थप १३ सय ४ जनामा कोरोना संक्रमण

01 Dec,2020
  • 2_10_16_2020_4_42_35_11_29_2020_5_48_47.jpg
नेपाली पैसा 
 
काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३३ हजार ४५२ जना पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


 
यता, पछिल्लो २४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख १६ हजार ५९४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १५ सय २९ जना पुगेको छ ।

 

Post Your Comment