Market Closed

बजार नयाँ उचाईमा पुग्दा यी हुन् धेरै कमाउने कम्पनीहरु

02 Dec,2020
  • bulsadfa_11_26_2020_11_11_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँनयाँ रेकर्ड बनाउँदै जाँदा सूचीकृत कम्पनीहरुको सेयर भाउ पनि सर्किट लागेर बढ्न थालेको छ । नेप्सेको बुलिस यात्रा बुधबार पनि कायमै रहेको छ । कारोबार रकमले पनि उत्साह थप्दै गएको छ । बुधबार नेप्से सूचक हालसम्मकै उच्च २०७१.०२ विन्दुमा पुगेको छ । नेप्सेमा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
 
नेप्सेमा सूचीकृत व्यापारिक समूहबाहेक बाँकी सबै समूहमा हरियाली छाएको छ । बजार उत्साहजनक रुपमा बढ्दा कतिपय कम्पनीहरुको सेयर भाउमा आक्रमक वृद्धि भएको छ । बुधबार पनि ९ वटा सूचीकृत कम्पनीको सेयर भाउ १०% ले बढेको छ । हेरौं, नेप्सेले नयाँ उचाई बनाउँदा कुनकुन् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए :

 
यता, सेयर बजारले रेकर्ड बनाउँदै गर्दा पनि केही कम्पनीका लगानीकर्ता भने नोक्सनमा गएका छन् । बुधबार अधिकांश समूहमा हरियाली आउँदा पनि केही कम्पनीको सेयर भाउ भने घटेको छ ।
 

Post Your Comment