Market Closed

कोभिडपछि रोजगारी बढ्यो, अर्थतन्त्र क्रमशः लयमा फर्किदैं

12 Jan,2021
  • nrb_img_1_12_2021_7_04_13.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले कोभिडका कारण उल्जmनमा परेका व्यवसायहरु मंसिर सम्ममा ५४% पूर्ण रुपमा सञ्चालनमा आएको बताएको छ । राष्ट्र बैंकले ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ सार्वजनिक गर्दै उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको बताएको हो । कोभिडपूर्वको तुलनामा गत असारमा ४% मात्र उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएको थियो ।

तर अहिले लगातार वृद्धि भएर पूरा सञ्चालनमा आउने क्रम ह्वात्तै वृद्धि भएको हो । तर अझै पनि ९.१% उद्योग व्यवसाय सञ्चालनमा आउन नसकेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय बैंकको सर्वेक्षण प्रतिवेदनमा भनिएको छ, ‘गत असारको तुलनामा उद्योग व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ ।

तर, साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छ ।’ साथै, अहिले रोजगारी दर पनि बढेको केन्द्रीय बैंकको भनाई छ । उद्योग ब्यवसायको आकार अनुसार कोभिड महामारी अगाडिको तुलनामा रोजगारीको अवस्था ७७.५% बाट बढेर ८७.५१% पुगेको छ ।
 

Post Your Comment