Market Closed

पुस महिनाको अन्तिम दिन सेयर बजारमा यसरी देखिंदैछ रौनकता

13 Jan,2021
  • bull_1_13_2021_1_10_42.jpg
नेपाली पैसा
 
काठमाडौं : सेयर बजारमा रौनकता छाएको छ । पुस महिनाको अन्तिम दिन बजार थप वृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । मसान्तमा बजार राम्रैसँग बढेपछि कर्जा लिएकाहरुलाई राहत मिलेको छ । मार्जिनक कलको समस्या पनि भएको छैन । यता, नेप्से सूचक पनि २३ सय विन्दुको नजिक आइरहेको छ । माघ लागेपछि बैंक ब्याजदर थप सस्तो हुने भएको छ । बैंकहरुले ब्याजदर घटेको सूचना सार्वजनिक गरिसकेका छन् । सोही कारण पनि बजारमा थप उमंग देखिएको हो ।

ब्याजदर घट्दै जाँदा सेयर बजार भने माथितिर लाग्ने गर्दछ । यो समाचार तयार पार्दासम्म (करिब १ः१०) सबै समूहका सूचक वृद्धि भएका छन् । उत्पादनमूलक, फाइनान्स तथा बिमा कम्पनीहरुमा अधिक तेजी आइरहेको छ । नेप्से सूचक करिब २६ अंकले बढ्दा २ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । नेप्से सूचक २२९३ अंक आसपासमा रहेको छ । 

 

Post Your Comment