Market Closed

सेयर बजारमा यसरी बढ्दैछ महिला लगानीकर्ताको सहभागिता

16 Jan,2021
  • women_s_1_16_2021_9_43_05.jpg
नेपाली पैसा
 
काठमाडौं : आम धारणा अनुसार पुँजी बजारलाई पुरुष प्रधान क्षेत्रको रुपमा हेरिँदै आएको छ । तर पछिल्लो समय भने विश्व बजारसँगै नेपालकै पुँजी बजारमा पनि महिला लगानीकर्ताको चासो र सहभागिता उत्साहजनकरुपमा वृद्धि भएको देखिएको छ । हाल नेपाली सेयर बजार बुलिस गतिमा दौडिरहँदा प्राथमिक र दोस्रो बजार दुवैमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । यसमा पनि महिलाको आकर्षण उत्साहजनक देखिन्छ ।

सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल हितग्राही (डिम्याट) खाताको संख्या २५ लाख ३४५ पुगेको छ । जसमध्ये १० लाख भन्दा बढी खाता महिला लगानीकर्ताको नाममा खोलिएको छ । यो संख्या कुल हितग्राही खाताको भण्डै ४०% हुन आउँछ । यो तथ्यांकलाई आधार मान्ने हो भने सेयर बजारमा महिला लगानीकर्ताको संख्या पनि झण्डै पुरुषकै हाराहारीमा पुग्न लागेको देखिन्छ ।

नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा यत्तिको संख्यामा महिला लगानीकर्ता रहनुलाई अत्यन्तै सकारात्मक मान्न सकिन्छ । त्यसो त सेयर बजारमा मात्र नभई, देशका हरेक क्षेत्रमा महिलाहरुको संलग्नता बढिरहेको छ । देशका संवैधानिक पदहरु– राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशदेखि विभिन्न संघसंस्था र कम्पनीहरुमा महिलाहरूको संलग्नता छ । स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुुनुपर्ने व्यवस्था छ ।

यसरी सबै क्षेत्रमा महिला सहभागि बढ्दा सेयर बजारमा पनि महिला लगानीकर्ताको संख्या बढ्नु स्वभाविक हो । यता, प्राथमिक सेयर भर्नका लागि मात्र नभई विगत केही वर्षदेखि सेयर दलाल कम्पनीहरूमा सेयरको कारोबारका लागि पुग्ने महिलाहरुको संख्या पनि बढ्दो क्रममा रहेको थियो । दोस्रो बजारमा सेयर कारोबारको समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनुले पनि महिलालाई थप सजिलो बनाएको महिला लगानीकर्ताहरु बताउँछन् ।

एक लगानीकर्ता सारदा पोखरेलले भनिन्, ‘दोस्रो बजार बिहान ११ बजेदेखि ३ बजेसम्म खुल्ने भएकाले घरधन्दा सकेर बाँकी रहेको समय सेयर बजारमा दिन सजिलो भएको छ ।’ यता, समय सेयर बजार प्रविधिमौत्री बन्दै जाँदा पनि महिला लगानीकर्ताको आकर्षण बढेको छ । लगानीकर्ताले घरमै बसेर सेयर किनबेच गर्न पाएका छन् । यसले अझै सहजता थपेको छ ।

बिहान ११ बजेदेखि ३ बजेसम्म जुनसुकै समयमा घरमै बसेर पनि सेयर खरिदबिक्री गर्न सकिने भएकाले महिलाहरू आफ्नो घरको काम सकेर पनि आरामले सेयर कारोबार गर्ने गरेका छन् । महिलाहरूको फुर्सदको समय सदुपयोग र केही आम्दानी पनि गर्न सकिने भएकाले र बाहिरी ज्ञान पनि प्राप्त गर्न सकिने भएकाले खासगरी गृहिणीहरूको संलग्नता बढी देखिएको छ । 
 
यसैको उदाहरण स्वरुप डिम्याट खोल्नको महिला लगानीकर्ताको संख्यालाई लिन सकिन्छ । तथापि, एउटा व्यक्तिले २ वटासम्म डिम्याट खोल्ने पाउने व्यवस्था भएकाले पनि यो संख्या उच्च देखिएको अनुमान गर्न सकिन्छ । बजारमा लगानीकर्ताको आकर्षण बढ्नुको मुख्य कारण भनेको दोस्रो बजारमा बढ्दो क्रममा रहेको सेयर भाउ नै हो ।  लक डाउनका कारण मानिसको प्रविधिसँग निकटता बढेको देखिन्छ ।

यसले पनि आइपीओ र दोस्रो बजारमा लगानी गर्न थप सहज बनाएको छ । सथै, सधै व्यस्त हुने मानिसले लक डाउनमा मिलेको फुर्सदका बेला सेयर बजार सम्बन्धी अध्ययन गर्न पाएकाले पनि यसतर्फ आकर्षण बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन् । तथापि, अझै पुँजी बजारका दायर फलाकिलो बनाउन अवश्यक छ । 
 

Post Your Comment