Market Closed

नेप्से सूचकमा उतारचढाव देखिंदा खरिदबिक्री रकममा नयाँ उत्साह

19 Jan,2021
  • bull_bears_s_1_19_2021_3_17_02.png
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार मंगलबार केही अस्थिर देखिएको छ । कारोबार अवधिभर बजार सूचक नेप्से पटकपटक तलमाथि गरिरह्यो । यसअघि लगातार बढेको बजारमा कपितय नाफा बुक गर्नेहरु पनि सक्रिय हुँदा सूचक केही अस्थिर भएको अनुमान गरिएको छ । तथापि, बजारमा पर्याप्त क्रेता पनि आएका छन् । नाफा बुक गर्न चाहनेहरु सक्रिय हुँदा अरुले किनिरहेका पनि छन् । सोही कारण सजिलै किनबेच हुन सकेको छ ।

क्रेता र बिक्रेता दुवै पक्ष हावी हुँदा कारोबार रकम औसतमा निकै राम्रो रहेको छ । मंगलबार खरिदबिक्री रकममा निकै तेजी आएको छ । कारोबार रकममा देखिएको वृद्धिले भने लगानीकर्तालाई उत्साहित बनाएको छ । बजारमा अल्पकालीन लगानीकर्ता जतिबेला पनि सक्रिय रहेका हुन्छन् । उनीहरु आफ्नो योजना अनुसार निश्चित प्रतिशत नाफा भएपछि बुक गर्छन् ।

यसर्थ, लगानीकर्ताले आफू अल्पकालीन कारोबारी बन्ने कि दीर्घकालीन लगानीकर्ता भनेर ख्याल गर्न सक्नुपर्छ । सोही अनुसार आफ्नो रणनीति बनाउन आवश्यक हुन्छ । सेयर बजार सधैं एउटै र सीधा बाटो हिँडदै हिँड्दैन । बाँगांटिंगो अनि तलमाथि गर्दै अघि बढ्ने गर्छ । यसतर्फ पनि लगानीकर्ता सचेत हुन आवश्यक छ । 
 
लगानीकर्ताले नेप्से सूचकलाई मात्र आधार बनाउनुृ हुँदैन । विशेषगरी आफूले लगानी गरेका कम्पनीहरुमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।
 
नेप्से सूचक ५.५७ अंकले घटेर २३२६.९० विन्दुमा अडिएको छ । २०६ कम्पनीको ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६३ लाखभन्दा बढी कित्ता कारोबार भएको छ । कारोबार भएकामध्ये ३ समूहको सूचक वृद्धि भएको छ भने बाँकी तल झरेका छन् ।



फाइनान्स र जीवन बिमा समूह बढी वृद्धि भएको छ । ८ कम्पनीको भाउ ९% भन्दा धेरैले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ९१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा पुनर्बिमा कम्पनी परेका छन् । 


 
 

Post Your Comment