Market Closed

भारतले नेपालसहित आधा दर्जन मुलुकलाई कोरोना खोप उपलब्ध गराउँदै

20 Jan,2021
  • covishield-1s_1_20_2021_12_00_35.jpg
नेपाली पैसा
 
काठमाडौं : भारत सरकारले आजदेखि नेपाल सहितका देशलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतीय विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशलाई अनुदानमा खोप उपलब्ध गराउन लागेको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने छ ।
 
‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं।’, बिज्ञप्तिमा उल्लेख छ । यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १–३ माघसम्म भारत भ्रमणका क्रममा नेपालका तीन प्रतिशत जनतालाई पुग्ने खोप उपलब्ध गराउन अनुरोध गरेका थिए । नेपालले पहिलो चरणमा ४७ लाख डोज उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरेको छ ।
 
छिमेकी भारतले ३ प्रतिशत नेपालीलाई खोप अनुदानमा उपलब्ध गराउने वचन दिदैं समझदारीपत्रको मस्यौदा पनि आदान–प्रदान भइसकेको छ । भारतले कति खोप दिने भन्ने बारेमा भने आज मात्र घोषणा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड खोप भण्डारण गर्ने गरी तयारी समेत गरिरहेको छ ।

व्यवस्थापन महाशाखाका अनुसार देशभर २८ वटा कोल्डरुम रहेकोमा ११ वटालाई खाली गरेर कोभिड खोप मात्रै भण्डारण गर्ने छ । जसअन्तर्गत उपत्यकामा २ वटा कोल्ड रुमलाई कोभिड खोप भण्डारण गर्ने गरी तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयमा २ वटा कोल्ड रुममा ४२ लाख १४ हजार ५ सय ६० डोज भ्याक्सिन अट्ने छन् ।
 

Post Your Comment