Market Closed

ज्याक मा सार्वजनिक कार्यक्रममा ‘झुलुक्क’ देखिएपछि अलिबाबाको सेयर भाउमा आयो उछाल

20 Jan,2021
  • jack_ma_nm_1_20_2021_1_22_09.png
नेपाली पैसा
 
काठमाडौं : विगत केही महिनादेखि सार्वजनिक कार्यक्रममा देखा नपरेका चिनियाँ अर्बपति ज्याक मा पुनः सार्वजनिक भएपछि अलिबाबाको सेयर भाउमा उछाल आएको छ । चिनियाँ सामाजिक सञ्चालमा ज्याक मा सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो बाहिरिनासाथ हङकङमा सूचीकृत अलिबाबाको सेयर भाउ ५% ले बढेको छ । माले आफ्नो लोक कल्याणकारी संस्था ‘ज्याक मा फाउन्डेसन’ को आयोजनामा ग्रामीण भेगका शिक्षकहरुलाई सम्बोधन गरेका थिए ।

हराएको खबर बाहिरिएको झण्डै ३ सातापछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । अलिबाबा र एन्ट ग्रुपका संस्थापक चिनियाँ अर्बपति ज्याक मा नोभेम्बरदेखि सार्वजनिक कार्यक्रमहरुमा देखा नपरेपछि बेपत्ता भएको आशंका गरिएको थियो । ५६ वर्षीय अर्बपति मा पछिल्लो समय एन्ट गु्रपको आइपीओलाई लिएर चर्चामा आएका थिए । 
 
गत अक्टुबरमा चिनियाँ बैंकिङ तथा वित्तीय नियमन प्रणालीको आलोचना गरेपछि मा र चीन सरकारको सम्बन्धमा दरार आएको थियो । त्यसपछि, नोभेम्बरमा ज्याक माको कम्पनी एन्ट ग्रुपको आइपीओ सूचीकरणमा चीन सरकारले अंकुश लगायो । आइपीओ सूचीकरणमा रोक लगाएपछि पनि ज्याक माले चीन सरकार विरोधी विवादास्पद अधिव्यक्ति दिएका थिए । त्यसपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखा पर्न छाडेका थिए ।
 
ज्याक मा केही महिना अघिसम्म ६० अर्ब डलर नेटवर्थसहित चीनको सबैभन्दा धनी व्यक्तिका रुपमा स्थापित थिए । तर चीन सरकारले वित्तीय प्रविधि कम्पनीहरुको नियमनमा कडाई गरेर एन्ट गु्रपको आइपीओ रोक लगाएपछि २ महिनाको अन्तरालमा माको सम्पति १२ अर्ब डलरले घटेको थियो । अहिले उनी ५०.६ अर्ब डलर नेटवर्थसहित चीनको चौथो धनी व्यक्तिमा सीमित भएका थिए ।
 

Post Your Comment