Market Closed

‘T+2’ मा लगानीकर्ता उत्साहित हुँदा ब्रोकरलाई भने जोखिम बढ्ने त्रास

21 Jan,2021
  • settlement_1_21_2021_7_13_51.jpg
इशारा कोइराला
 
काठमाडौं : ‘टी प्लस टु’ (‘T+2’ ) लागू हुने भएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । सीडीएस एण्ड क्लियरिङले माघ ११ गतेदेखि ‘टी प्लस टु’ लागू गर्ने भएसँगै लगानीकर्ता उत्साहित भएका हुन् । यसको अर्थ सेयर राफसाफको चक्र थप छोटो हुनु हो । अब लगानीकर्ताले सेयर किनेपछि अझ छिटो पैसा तिर्नुपर्छ भने खरिद गरेको सेयर पनि थप छिटो खातामा आउँछ । सेयर राफसाफ चक्र पनि पहिले भन्दा छिटो हुन्छ ।

‘टी प्लस टु’ लागू भएपछि धितोपत्र बाजरको दिगो विकासका लागि टेवा पुग्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने, ‘‘टी प्लस टु’ लगानीकर्ताको लामो समयदेखिको माग हो । यो लागू  हुनु भनेको पुँजी बजार दिगो विकासमा थप अर्को खुड्किलोमा उक्लिनु हो ।’ उनले ‘टी प्लस टु’ लागू भएसँगै सेयर खरिदबिक्री भएको २ दिनभित्र अर्थात ‘टी प्लस टु’ मा राफसाफ हुने भएकाले यो लगानीकर्ताका लागि निकै राम्रो भएको बताए ।

उनले भने, ‘यो नियम लागू भएपछि लगानीकर्ताको खातामा छिटो सेयर आउँछ । बिक्रेताले पनि सोही अनुसार छिटो पैसा पाउँछन् । यसले पुँजी बजारलार्ई  चलायमान बनाउन सहयोग पुर्याउछ ।’ यसका अलावा यो बजार सुधारको महत्वपूर्ण पाटो भएकाले लगानीकर्ताको विश्वास बढाउन सहयोग पुग्ने उनको भनाई छ । 
 
यता, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पनि राफसाफ चक्र ‘टी प्लस टु’ मा झार्नु बजारको हितमा रहेको बताएको छ । धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएपछि बजारमा धितोपत्रको तरलतामा वृद्धि भएर समग्र पुँजी बजार थप चलायमान हुने जानकारहरुले बताएका छन् । हाल धितोपत्र राफसाफ चक्र ‘टी प्लस थ्री’ मा सम्पन्न हुँदै आएको छ । धितोपत्र बोर्डले अनुमति दिएसँगै यो चक्र माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ मा झार्न सारोकारवाला निकायलाई सीडीएसले निर्देशन दिइसकेको छ । 
 
ब्रोकरहरुलाई भने जाखिम बढ्ने त्रास 
 
धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट चक्र ‘टी प्लस टु’ मा झारेसँगै ब्रोकरहरुलाई भने जाखिम बढ्ने त्रास बढेको छ । स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ‘टी प्लस टु’ कार्यान्वयन भएपछि ब्रोकरहरुका लागि जोखिम अझै बढ्ने बताए । उनले भने, ‘टी प्लस टु’ मा ब्रोकरहरुको जोमिख अझै बढ्ने भए पनि पुँजी बजार विकास हुन्छ भने ब्रोकरहरु तयार छौं ।’

राफसाफ चक्र २ दिनमा झार्दा ब्रोकरहरुलाई पैसा व्यवस्थापनमा थप समस्या हुन्छ । उनले भने, ‘टी प्लस थ्री हुँदा त राफसाफमा समस्या आउने गरेको छ । टु हुँदा यो समस्या अझै बढ्छ । फलस्वरुपः सीडीएसको सस्पेन्डमा पर्ने सम्भावना बढी हुन्छ ।’ साथै, ‘टी प्लस टु’ ले लगानीकर्ता ‘क्लोज आउट’ मा पर्ने सम्भावना पनि बढी हुने उनले बताए । यसर्थ, लगानीकर्ताले थप ख्याल पुर्याउनुपर्ने हुन्छ । 
 
‘टी प्लस टु’ लागू भएपछि लगानीकर्ताले के गर्नुपर्छ ?
 
लगानीकर्ताले आफूले बिक्री गरेको सेयर राफसाफ तथा फछ्र्योटका लागि इडीआइएस जारी गर्दा ‘टी प्लस वान’ अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्नुपर्छ । यदि, इडीआइएस जारी गर्न नसक्ने लगानीकर्ताले ‘टी प्लस वान’ भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित ब्रोकरमा बुझाउनुपर्छ ।

साथै, लगानीकर्ताले आफूले सेयर खरिद गरेको रकम ब्रोकरलाई भोलिपल्टै अर्थात् ‘टी प्लस वान’ मा बुझाउनुपर्छ । यसले बजारमा सेयर तथा नगद तरलतामा वृद्धि हुने र लगानीकर्ता पनि लाभान्वित हुने जानकारहरुले बताएका छन् । 
 

Post Your Comment