Market Closed

नागरिक स्टक डिलरलाई सञ्चालन अनुमति, अब सेयर किनबेच गर्न पाउने

22 Jan,2021
  • sebon_ims_1_22_2021_5_14_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : धितोपत्र बोर्डले नागरिक स्टक डिलरलाई सञ्चालन अनुमति दिएको छ । अब स्टक डिलरले काम सुरु गर्न सक्नेछ । नागरिक स्टक डिलर काम थालेपछि पुँजी बजार विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । यसले बजारमा थप सेयरको माग बढ्न जाने लगानीकर्ताको विश्वास छ । स्टक डिलरको प्रवेशले बजार थप गतिशील हुने धितोपत्र बोर्डको भनाई छ ।

हाम्रो बजारमा अहिलेसम्म व्यक्तिगत लगानीकर्ताको मात्र वर्चस्व छ । स्टक डिलर प्रवेशपछि संस्थागत लगानीकर्ताको पनि उपस्थिति बढ्नेछ । यस्ता संस्थाले राम्रोसँग अध्ययन अनुसन्धान गरेर लगानी गर्ने भएकाले पुँजी बजार गतिशील बनाउन सहयोग पुग्ने धितोपत्र बोर्डको भनाई छ । बोर्डले यसलाई धितोपत्र व्यापारीको रुपमा काम गर्न अनुमति दिएको हो । नागरिक स्टक डिलर नागरिक लगानी कोषको सहायक कम्पनी हो । 

Post Your Comment