Market Closed

पाँच तारे होटेल र विश्वकै नमूना अस्पताल सुविधासहितको पानी जहाजको परीक्षण यात्रा सम्पन्न

22 Feb,2021
  • water_boat_2_22_2021_11_08_21.jpg
 
तियानजिन : एक अमेरिकी पानी जहाज मालिकका लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । लम्बाई १७४ मिटर र चौडाई २८.६ मिटर रहेको उक्त जहाज अत्याधिक गतिमा चल्ने क्षमता भएको सुविधा सम्पन्न पानीजहाज हो । जहाजभित्र २७७ वार्ड तथा ६४१ शैया रहेका तियानजिङ सिंङाङ जहाज निर्माण कम्पनीले जानकारी दिएको छ ।
 
 निर्माता कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन् । जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा जहाज धनीले प्रशंसा गरेको पनि कम्पनीले बताएको छ ।  
 
रासस–सिन्वहा

Post Your Comment