नेपाली पैसा
काठमाडौं : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा फागुन २१ गते बस्ने भएको छ। सभामार्फत कम्पनीले गत वर्षको नाफाबाट २५% बोनस सेयर र ६.५८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि फरवार्डले फागुन ५ गते बुक क्लोज गरेको छ ।
फागुन ४ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन्। हाल फरवार्डको चुक्ता पुँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँ रहेको छ । प्रस्तावित २५% बोनस वितरणपछि यसको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ पुग्नेछ ।