नेपाली पैसा
काठमाडौं : मंगलबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९० हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ८९ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८८ हजार ५५० सय रुपैयाँ निर्धारण भएको थियो ।