Market Closed

ङादीको लाभांश घोषणा, साधारण सभा कहिले ?

14 Feb,2020
  • dividend_2_2_14_2020_12_26_30.jpg
नेपाली पैसा

काठमाडौं : ङादी ग्रुप पावरले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई करसहित १०% नगद लाभांश दिने प्रस्ताव गरेको हो । 
 
कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्नको लागि कम्पनीले फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि  फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ता लाभांशको दाबेदार हुनेछन् । 





 
 

Post Your Comment