नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २५ चैत २०७२)

07 Apr,2016
  • nh_4_7_2016_3_31_20.png
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २५ चैत २०७२)
 

प्राविधिक विश्लेषण

  •  आरएसआई : न्यूट्रल जोन (४२ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ६५ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।
  •  मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, ७ दिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ सय ६२ मा टेवा र मूल्य महँगिएमा रू. २ सय १५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१./७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

  • खुद नाफा ८५ दशमलव ७१ प्रतिशत बढेर रू. ५ करोड ५८ लाख पुगेको छ । विद्युत् विक्री आय ८६ दशमलव ३५ प्रतिशत र खुद सञ्चालन नाफा ८९ दशमलव २७ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
  • गत आवमा चुक्तापूँजीको तुलनामा खुद नाफा २ दशमलव १७ प्रतिशत रहेको थियो । तर, चालू आवमा योे अनुपात ४ प्रतिशत पुगेको छ ।
  • जगेडा कोष १६ दशमलव ४४ प्रतिशत बढेर ३९ करोड ५२ लाख पुगेको छ ।
  • खुद चालू सम्पत्ति २१ दशमलव २८ प्रतिशत बढेर २१ करोड ५१ लाख र खुद चालू दायित्व ९५ दशमलव ३९ प्रतिशत बढेर ३ करोड ६ लाख पुगेको छ ।
  • प्रशासन खर्च ९३ दशमलव २५ प्रतिशत बढेर रू. ६६ लाख १३ हजार पुगेको छ । ।
  • कम्पनीको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो २५ गुणा र प्रतिशेयर आम्दानी रू. ८ छ ।