नेसनल हाइड्रोपावरले फेरि बोलायो साधारण सभा, अब पुस १३ मा हुने

12 Dec,2016
  • nhpc_12_12_2016_4_07_06.png
नेपाली पैसा 
 
काठमाडौं : नेसनल हाइड्रोपावरको साधारण सभा अब पुस १३ मा हुने भएको छ । 
 
आवश्यक कोरम नपुगेपछि आइतबार साधारण सभा स्थगित गरिएको थियो । नेसनल हाइड्रोले कोरम नपुगेका कारण साधारण सभा स्थगित भएको भन्दै फेरि पुस १३ गतेका लागि साधारण सभाको मिति तय गरिएको जानकारी दिएको छ । 
 
कम्पनीको साधारण सभा गर्न ६७ प्रतिशत सेयर होल्डरको उपस्थिति हुनुपर्ने प्रावधानका कारण आइतबार सभा स्थगित गरिएको थियो ।  अब दोस्रोपटक भने २५ प्रतिशत सेयरहोल्डर उपस्थित भए पनि साधारण सभा गर्न कोरम पुग्नेछ । 

नेसनल हाइड्रोमा संस्थापक समूहको त्यति बलियो उपस्थिति छैन । अधिकांश सेयर सर्वसाधारणमा छरिएर रहेको छ । छरिएर रहेका सबै सेयरहोल्डरलाई जम्मा गर्न कठिनाई भएकाले कम्पनीलाई साधारण सभा सम्पन्न गर्न अप्ठेरो परेको हो ।