Market Closed

इन्भेष्टमेन्ट बैंकको नाफा घट्नुको यस्तो छ कारण

15 Nov,2019
  • nibl_8_15_2019_8_18_56.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफासँगै अधिकांश सूचक घटेको छ । नाफा १९.९३% ले घटेर ८४ करोड ४४ लाख २१ हजार रुपैयाँमा आएको छ । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ४२ करोड ३७ लाख ७६ हजार रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले पनि त्यसको दबाब खुद नाफामा परेको हो । बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४.१७% र १९.९३% ले घटेको छ ।

खराब कर्जा १.६३% ले बढ्नु पनि नाफा घट्नुको अर्को कारण हो । यता, पुँजी वृद्धिको दाबाब बैंकको प्रतिसेयर आम्दानीमा परेको छ । पुँजी २०.८९% ले बढ्दा नाफा घटेको छ । जसको कारण प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३८ पैसाले घटेर २६ रुपैयाँ २५ पैसामा आएको छ । 

गत वर्षको नाफाबाट इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई १९% लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १०.५% बोनस सेयर र ८.५% नगद लाभांश रहेको छ । 


 

Post Your Comment