Market Closed

इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, बैंकलाई बृहत बनाउने पृथ्वीबहादुर पाँडेको घोषणा

13 Jan,2020
  • nib_1_13_2020_6_15_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । सभाले १९% लाभांश वितरण प्रस्ताव पारित गरेको छ । इन्भेष्टमेन्टले १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभाश वितरण गरेको हो । सभा सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा केही सेयरधनीले लाभांश थोरै भएको, बैंकको प्रगति पनि सुस्त भएको लगायतका गुनासो गरेका थिए ।

यही क्रममा केही बेर होहल्लासमेत भएको थियो । सभाले प्रस्ताव गरेका सबै एजेन्डा अनुमोदन गरेको छ ।  अध्यक्ष पृथ्वीबहादुर पाँडले इन्भेष्टमेन्ट बैंकलाई मर्जर तथा प्राप्तिका माध्यमबाट थप सबल तथा वृहत बनाउने बताए । यसका लागि अध्यक्ष पद छाड्न समेत आफू तयार रहेको उनको भनाई थियो । 
 
 बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड (पारित १०.५ प्रतिशत बोनस सहित) पुगेको छ । यस बैंकले आ.व.२०७५–७६ मा ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । 

Post Your Comment