Market Closed

इन्भेष्टमेन्ट बैंकको नाफा खुम्चिंदा इपीएसमा पनि प्रभाव

14 Aug,2020
  • nibl_8_15_2019_8_18_56_1_13_2020_7_41_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचक प्रभावित भएको छ । यसअवधिमा खुद नाफा २२.६४% ले घटेर २ अर्ब ५७ करोड १७ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस  बैंकले ३ अर्ब ३२ करोड ४१ लख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, वितरण योग्य नाफा पनि ५३.०९% ले घटेर ६५ करोड २३ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ ।



अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख रुपैयाँ थियो । यसअवधिमा खुद ब्याज आम्दानी ६.६९% ले घटेर ५ अर्ब ७६ करोड १ लाख ९७ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा १२.०३% ले घटेर ३ अर्ब ६३ करोड ६१ लख ४१ हजार रुपैयाँमा आएको छ । खराब कर्जा अनुपात ०.१३% बढेर २.९१% पुगेको छ । यसले पनि नाफामा दबाब परेको देखिन्छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको छ । 
 

Post Your Comment