Market Closed

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित गर्न कहिले हुँदैछ साधारण सभा ?

17 Jan,2021
  • nibl_8_15_2019_8_18_56_12_20_2020_10_33_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले १३% बोनस सेयर र ५.५०% नगद लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो । साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्नेछ ।

यस्तै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा गर्न बैंकले पुस २२ गतेदेखि माघ ८ गतेसम्म बुक क्लोज गरेको छ । पुस २१ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । सभामा भिडियो कन्फ्रेन्सका माध्यमबाट पनि सहभागी हुन सकिनेछ । 

Post Your Comment