Market Closed

भर्खरै आइपीओ जारी गरेको माउण्टेन इनर्जी नेपालले कसलाई बनायो सेयर रजिष्ट्रार ?

20 Nov,2020
  • mountain_11_20_2020_12_38_08.png
नेपाली पैसा 
 
काठमाडौं : भर्खरै मात्र सर्वसारधारणमा सेयर निष्काशन भई बाँडफाँड गर्न समेत बाँकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले एनआइबीएल एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । अब माउण्टेनको सेयर दाखिला खारेज लगायत सेयरसँग सम्बन्धित सबै काम एनआइबीएल एस क्यापिटलमार्फत हुनेछ । माउण्टेन इनर्जी र एनआइबीएल एस क्यापिटलबीच बिहीबार सेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धि सम्झौता भएको हो ।

अब सेयरहरु बाँडफाँट भई सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचीकरण भएपछि लगानीकर्ताको हितग्राही खातामा सेयर जम्मा गर्ने लगायत सबै काम एनआइबीएल एस क्यापिटलबाट हुनेछ । उक्त सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक डोलराज शर्मा र एनआइबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । 

Post Your Comment