Market Closed

एनआइबीएल प्रगति फन्डको न्याभमा ८४ पैसाको बढोत्तरी

27 Feb,2020
  • mutual_2_27_2020_10_06_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : माघ महिनामा एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) ८४ पैसाले बढेको छ । पुस महिनामा ८ रुपैयाँ ७५ पैसा रहेको फन्डको न्याभ माघमा बढेर ९ रुपैयाँ ६३ पैसा पुगेको हो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि ७.५५% ले बढेर ६४ करोड ७६ लाख ९ हजार ३१३ रुपैयाँ पुगेको छ । पुसमा सूचीकृत सेयरमा लगानी ६० करोड २१ लाख ३५ हजार ७९६ रुपैयाँ थियो । 
 
फन्डले हालसम्म ८० वटा सूचीकृत सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी एसियन लाइफ इन्सुरेन्समा छ । एसियनको ५८ हजार ३१६ कित्ता सेयरमा ३ करोड ४२ लाख ८९ हजार ८०८ रुपैयाँ लगानी छ । फन्डको बैंक मौज्दात पनि अघिल्लो महिना भन्दा २१.४९ % ले बढेको छ । पुसमा ५ करोड ६८ लाख ७१ हजार ३५७ रुपैयाँ रहेको बैंक मौज्दात माघ महिनामा बढेर ६ करोड ९० लाख ९३ हजार २६९ रुपैयाँ पुगेको हो । 

Post Your Comment