एनआइसी र बुटवल पावरको लिलामीमा हकप्रद सेयर बिक्री हुँदै

21 Jul,2016
  • nic-asia_7_21_2016_1_19_14.jpg
नेपाली पैसा 
काठमाडौं : एनआइसी एसियाको चार लाख ३३ हजार नौ सय एक कित्ता हकप्रद सेयर लिलाम बढाबढका आधारमा बिक्री हुने भएको छ । 
 
बैंकले यसअघि बिक्री खुला गरेको हकप्रदमा आवेदन नपरेपछि बोलकबोल माध्यमबाट मूल्य बढाबढमा बिक्री गर्न लागिएको हो । 
 
संस्थापक समूहको ५५ कित्ता सेयर पनि लिलामीमा बिक्री गर्न लागिएको बैंकले जानकारी दिएको छ । हकप्रदको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । 
 
न्यूनतम एक सय रूपैयाँ र त्यसभन्दा माथि १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । 
 
बैंकका हाल कायम सेयरधनीले पनि जारी पुँजीको दुई प्रतिशतभन्दा बढी नहुने गरी सेयर किन्न आवेदन दिन पाउनेछन् । 
 
हकप्रद सेयरमा आवेदन दिनेले एनआइसी एसिया बैंकको थापाथलीमा रहेको खाता नम्बर ००९४९२६५२४०००४ मा धरौटीबापत जम्मा गरेको रकमको भौचर पेस गर्नुपर्नेछ । बोलपत्रमा डिम्याट खातामा उल्लेख गर्नुपर्नेछ । 
 
१० लाख रूपैयाँभन्दा बढीको आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । बोलपत्र साउन २० गते दिउँसो तीन बजेभित्र सिभिलि क्यापिटलमा दर्ता गराइसक्नुपर्नेछ । 

(एनआइसी एसियाको सूचना)
 
यसैगरी, बुटवल पावर कम्पनी लिमिटेडको एक लाख ८८ हजार नौ सय ३० कित्ता हकप्रद सेयर लिलामीमा बिक्री गरिने भएको छ । 

यस कम्पनीको हकप्रदमा न्यूनतम एक सय र त्यसभन्दा माथि १० ले भाग जाने गरी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
 यो सेयरमा लगानी गर्न चाहनेले एनएमबी बैंकमा रकम जम्मा गर्नुपर्नेछ । बुटवल पावरको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गर्दैछ ।
 
 बोलपत्र साउन २६ गते दिउँसो तीन बजेसम्म प्राप्त भइसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।