Market Closed

लाभांश यसपटक कुन–कुनको पाउनुभयो, १९ बैंकको यस्तो छ गतिविधि

08 Nov,2019
  • dividend_11_8_2019_9_11_10.png
नेपाली पैसा
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा लाभांशको लहर चलेको छ । लाभांश घोषणासँगै साधारणसभा बोलाउने क्रम पनि चलिरहेको छ । केहीले त लाभांश खातामा समेत पठाइसकेका छन् । हालसम्म नेप्सेमा सूचिकृत २७ वणिज्य बैंकहरु मध्ये १९ ले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । गत वर्ष पुँजी वृद्धिका कारण अधिकांश बैंकहरुको लाभांश कम थियो । त्यसमा पनि उनीहरुले नगदमा मात्र जोड दिएका थिए । तर अब विस्तारै बैंकहरुले पुँजी वृद्धिसँगै व्यापारको आयातन फराकिलो बनाउन थालेको देखिन्छ । जसका कारण अघिल्लो वर्षको तुलनामा लाभांश अनुपात केही बढेको छ ।

नगद लाभांशमा मात्र जोड दिएका कम्पनीहरुले पनि यसपालि बोनस अनुपातलाई थप वृद्धि गरेका छन् । सूचीकृत कम्पनीहरुको साधारणसभा समयमै हुन सकेमा लगानीकर्ताले प्रतिफल पाउन लामो समय कुर्नु पर्दैन । यसबाट लगानीकर्तालाई पनि सजिलो हुन्छ । साधारण सभा छिटो गर्ने कम्पनीहरुमै आम लगानीकर्ताको पनि आकर्षण रहने गर्छ । यसले संस्थागत सुशासनको झलक पनि दिन्छ ।

यसपटक धेरैजसो कम्पनीले बोनस सेयरलाई प्राथमिकतामा पारेका छन् । लाभांश अनुपात पनि गत वर्षभन्दा बढेको छ । एकातिर बैंक तथा वित्तीय संस्थाले आकर्षक लाभांश घोषणा गरेका छन् । भने अर्को तिर चालु आर्थिक वर्षको पहिलो त्रैमासको आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । आकर्षक लाभांश र सोही अनुसारको वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । 
 
८ बैंकको लाभांश पारित, कुनको कति ?


 
गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका मध्ये ८ वटा बैंकको लाभांश साधारण सभाबाट समेत पारित भइसकेको छ । केहीले लगानीकर्ताको खातामा नगद पठाइसकेका छन् । 

४ बैंकको साधारण सभा मिति तय
 
लाभांश घोषणा गर्ने मध्ये ४ बैंकले साधारण सभा मिति तय गरेका छन् । उनीहरुले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशलाई पारित गर्ने मुख्य प्रस्तावका साथ साधारण सभा डाकेका हुन् ।



यी मध्ये मेगा बैंकले यसै महिना (कत्तिक २९) मा साधारण सभा बोलाएको छ । अन्य ३ बैंकले पनि अर्को महिना (मंसिर) मा साधारण सभा मिति तयार गरेका छन् । 
 
७ बैंकको लाभांश घोषणा तर साधारण सभा मिति तय हुन बाँकी 
 
यता, ७ वाणिज्य बैंकले लाभांश घोषणा गरे पनि अहिलेसम्म प्रस्तावित लाभांश पारित गर्न साधारण सभाको मिति भने तय गरेका छैनन् ।



लाभांश प्रस्ताव गर्ने यी बैंकमध्ये स्टान्डर्ड चार्टर्ड र सिभिल बैंकले नगद लाभांश मात्रै घोषणा गरेका छन् । अन्य ५ बैंकले नगद र बोनस सेयर दुवैलाई प्राथमिकतामा राखेका छन् । 
 
८ बैंकले लाभांश प्रस्ताव गर्न बाँकी
 
नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंक मध्ये ८ वटाले भने गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छैनन् । छिटो लाभांश प्रस्ताव गर्ने बैंकहरु लगानीकर्ताको आकर्षणमा पर्छन् । राम्रो प्रतिफलको आशमा नै लगानीकर्ताले सेयरमा लगानी गर्दै आएका हुन्छन् ।



नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र गत वर्षको लाभांश प्रस्ताव गरेर साधारणसभा बोलाउनु पर्ने हुन्छ । 
 

Post Your Comment