वाणिज्य बैंकहरुको दोस्रो त्रैमास : कसको देखियो सबैभन्दा राम्रो प्रगति ?

07 Feb,2020
  • profit_grow_2_7_2020_6_45_48.jpg
नेपाली पैसा
 
काठमाडौं : सूचीकृत कम्पनीहरुमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ । दोस्रो त्रैमास (पुससम्म) को रिपोर्ट १ महिना (माघ) भित्रमा सार्वजनिक गर्नुपर्ने हुन्छ । यही क्रममा नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये अहिलेसम्म १६ वटाले मात्रै पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका १६ बैंकको चुक्ता पुँजी, जगेडा कोष, ब्याज आम्दानी, नाफा र प्रतिसेयर आम्दानीको तुलनात्मक अध्ययन हेर्नुहोस् । 
 
अधिकांशको चुक्ता पुँजी बढ्यो
 
दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने १६ वाणिज्य बैंक मध्ये १३ को चुक्ता पुँजी बढेको वित्तीय विवरणमा देखाइएको छ । नेपाल बैंक, नेपाल बंगलादेश र हिमालयन बैंकको पुँजी भने गत वर्षकै यथावत सार्वजनिक गरिएको छ । तथापि, गत वर्षको नाफाबाट यी बैंकले लाभांश प्रस्ताव गरे पनि रिपोर्टमा भने यसलाई पुँजीकरण गरिएको छैन ।



केहीको अझै साधारण सभाबाट लाभांश अनुमोदन हुन नै बाँकी छ । यअवधिमा वित्तीय प्रतिवेदन आएका मध्ये सबैभन्दा धेरै प्रभु बैंकको चुक्ता पुँजी बढेको छ । यस बैंकको चुक्ता पुँजी २५.२८% ले बढेर १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैयाँ पुगेको छ । 
 
१३ बैंंकको जगेडा कोष घट्नुको यस्तो छ कारण 
 
पुस मसान्तसम्म आइपुग्दा १३ बैंकको जगेडा कोष घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा एनएफआरएस प्रणाली अनुसार रिटेन्ड अर्निङ र रिजर्भ कोष बेग्लाबेग्लै शीर्षकमा राखिएकाले धेरैको रिजर्भ घटेको देखिएको हो । तथापि, दुवैलाई जोड्दा रिजर्भमा पनि सुधार भएको पाउन सकिन्छ ।



अघिल्लो वर्षको दोस्रो त्रैमासमा भने पुरानो ढाँचाको वित्तीय विवरणमा भने ‘रिजभ एन्ड सरपल्स’ एउटै शीर्षकमा समावेश गरिन्थ्यो । यसर्थ, तुलनात्मक अध्ययन गर्दा यस पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ । यता, नेपाल बंगलादेश, हिमालयन र एनआइसी एसिया बैंकको भने नयाँ ढाँचाको प्रतिवेदन अनुसार पनि जगेडा कोष बढेको छ । 
 
११ बैंकको ब्याज आम्दानी बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वित्तीय विवरण आएका १६ मध्ये ११ बैंकको खुद ब्याज आम्दानी बढेको छ । ५ बैंकको भने घटेको छ । यसअवधिमा सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको खुद ब्याज आम्दानी बढेको छ । प्राइमको खुद ब्याज आम्दानी २२.१४% ले बढेर २ अर्ब १६ करोड ४६ लाख १० हजार रुपैयाँ पुगेको हो ।



सबैभन्दा धेरै खुद ब्याज आम्दानी भने एनआइसी एसिया बैंकको रहेको छ । एनआइसीको खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड ७४ लाख ५९ हजार रुपैयाँ रहेको छ । यता, कृषि विकास, सिटिजन्स, नेपाल, नेपाल बंगलादेश र नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । 
 
१२ बैंकको नाफा बढ्यो
 
पुस मसान्तसम्म वित्तीय विवरण प्रकाशन गर्ने १६ बैंकमध्ये १२ को नाफा बढेको छ भने ४ को घटेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा एनआइसी एसिया बैंक रहेको छ ।



एनआइसीको नाफा ३३.३९% ले बढेर २ अर्ब १ करोड ६२ लाख २५ हजार रुपैयाँ पुगेको छ । यो नै सबैभन्दा धेरै नाफा कमाउने बैंक हो । यता, १ अर्बभन्दा बढी नाफा कमाउनेमा कृषि विकास, सिद्धार्थ, एभरेष्ट, सानिमा, नेपाल, प्रभु, प्राइम, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । 
 
१० बैंकको प्रतिसेयर आम्दानी बढ्यो
 
दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्नेमध्ये १० बैंकको प्रतिसेयर आम्दानी बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसाले बढेर ४० रुपैयाँ ९० पैसा पुगेको छ ।



सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भने एनआइसी एसिया बैंकको रहेको छ । यसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६१ पैसा छ । यता, ६ बैंकको भने प्रतिसेयर आम्दानी भने घटेको छ । 
 

Post Your Comment