Market Closed

एनआइसी एसिया बैंकको खुद नाफा २ अर्ब भन्दा बढी

28 Jan,2021
  • nic_asia_9_12_2019_9_58_59_9_27_2019_7_49_53_1_15_2021_4_07_58.jpg
नेपाली पैसा

काठमाडौं : एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा २.१९% ले बढेर २ अर्ब ६ करोड ५ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले २ अर्ब १ करोड ६२ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको वितरण योग्य नाफा भने ३२.२०% ले घटेर ७२ करोड ८१ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ८.२०% ले बढेर ३ अर्ब ९४ करोड ६८ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ६४ करोड ७४ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ४.६४% ले बढेर ३ अर्ब ३ करोड ८१ लाख ८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८८ पैसाले घटेर ३५ रुपैयाँ ७३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ७१ पैसा छ । 

 

Post Your Comment