नेपाली पैसा
काठमाडौं : नेप्सेमा एनआइसी एसिया बैंकको १ करोड ८४ लाख ६३ हजार ५३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
हाल एनआइसी बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने यसको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले १ अर्ब २ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।