Market Closed

एनआइसी एसिया लघुवित्त ४७ करोड ५५ लाखको आइपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड

23 Jan,2020
  • ipo_new_new_1_23_2020_5_39_46.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । 
 
यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल गर्नेछ । बि.सं २०७४ मंसिर १२ गतेबाट सञ्चालनमा आएको यो लघुवित्तले हाल ५८ वटा शाखा मार्फत सेवा दिइरहेको छ । सम्भवतः लघुवित्त क्षेत्रको यो अहिलेसम्मकै ठूलो आइपीओ पनि हुनेछ । 

Post Your Comment