Market Closed

एनआइसी एसिया ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको प्रतिफल घोषणा

11 Aug,2020
  • dividends_8_11_2020_11_40_41.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गतका २ वटा योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई  नगद लाभांश घोषणा गरेका छन् । जसमा एनआइसी एसिया ग्रोथ फन्डले १२% र एनआइसी एसिया ब्यालेन्सड् फन्डले ८% (कर सहित) वितरण गर्नेछन् ।

योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट इकाईधनीलाई यो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसआधारमा एसिया ग्रोथ फन्डले १० करोड २ लाख र एनआइसी एसिया ब्यालेन्सड्ले ६ करोड ४ लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछन् ।
 

Post Your Comment