Market Closed

एनआइसी एसिया ग्रोथ फन्ड र ब्यालेन्स फन्डको नगद लाभांश बैंक खातामा

22 Sep,2020
  • dividends_9_22_2020_10_28_57.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्ड र ब्यालेन्स फन्डले आफ्ना इकाईधनीलाई आज मंगलबार (असोज ६ गते) बाट नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेका छन् । दुवै फन्डले भदौ २४ गतेसम्ममा डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाउने जनाएका छन् । 
 दुवै फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन् ।

यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइसी एसिया क्यापिटलले जनाएको छ ।   
 
आर्थिक वर्ष २०७६–७७ को नाफाबाट एनआइसी एसिया ग्रोथ फन्डले १२% र एनआइसी एसिया ब्यालेन्सड् फन्डले ८% (कर सहित) नगद लाभांश वितरण गरेका हुन् । यी दुवैको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ । यसआधारमा एसिया ग्रोथ फन्डले १० करोड २ लाख र एनआइसी एसिया ब्यालेन्सड्ले ६ करोड ४ लाख रुपैयाँ नगद लाभांशमा वितरणमा खर्च गरेका छन् । 
 
 
 
 
 

Post Your Comment