Market Closed

नेको इन्सुरेन्स : आधारभूत र प्राविधिक विश्लेषण

25 Oct,2020
  • neco-insurance-company-ltd_5_2_2018_11_04_49_5_20_2020_2_07_18.jpg
नेपाली पैसा
 
काठमाडौं : नेको इन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनी ऐन, २०२१ तथा बिमा ऐन, २०४९ बमोजिम निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्न २०५३ जेठ १७ गते स्वीकृति प्राप्त गरेको हो । हाल यसले २९ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको छ । नेकोको अधिकृत पुँजी २ अर्ब तथा जारी पुँजी १ अर्ब ३१ करोड रहेको नेकोको छ ।

कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको १५%, महतो समूहको २१%, विनायक समूहको १%, कृषि विकास बैंकको ४% र फण्ड मेनेजमेन्ट कम्पनीको ३% होल्ड रहेको छ । यस कम्पनीले सम्पत्ति, मोटर, उड्डयन, समुद्री, इन्जिनियरिङ्ग, कृषि, विविध तथा माइक्रो गरी सात प्रकारका बिमा गर्दछ ।



 
नेको इन्सुरेन्सको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण :
 
गत आर्थिक वर्षको चौथो त्रैमासमा नेको इन्सुरेन्सले खुद नाफा ३०.५१% ले वृद्धि गरी ४४ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले कुल आम्दानी ५७ करोड १३ लाखबाट ७६ करोड ९४ लाख पुर्याएको छ भने खर्च पनि २२ करोड ७६ लाख बाट ३२ करोड ९ लाख पुगेको छ । खुद बिमा शुल्क १०.९१% ले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्सुरेन्सले १ अर्ब १४ करोड ५१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
 
नेको इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ५२ करोड ४४ लाख, बिमा कोषमा ८३ करोड १६ लाख र महाविपत्ती कोषमा ७ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । यस अवधिसम्ममा कम्पनीले २ लाख ४४ हजार ८ सय ७४ वटा बिमालेख जारी गरी २ अर्ब ७ करोड ३६ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।



यस्तै, कम्पनीले ५ हजार २ सय ३७ वटा दाबीवापत ७७ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ५१८ वटा दाबीवापत ६० करोड ६७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत वर्ष २६ हजार ३ सय ५५ वटा बिमा नवीकरण गरेकामा यस यस वर्ष कुनै नवीकरण गरेको छैन । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५ पैसा, प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १७.८३ गुणा रहेको छ ।



 
मैनबत्ति आकृति विश्लेषण
  
बिहिबार (कात्तिक ६ गते) कारोबार बन्द हुँदा रातो बियरिस मैनबत्ति बनेको छ । यसले कारोवार सुरुवातदेखि बिक्री चाप हाबी भएको देखिन्छ ।
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५६ को स्केलबाट घटेर ५२ को स्केलमा पुगेको छ । यसले इन्सुरेन्स न्यूट्रल जोनमा रहेको देखाउँछ ।
 
कमोडिटी च्यानल इन्डेस्क
 
कमोडिटी च्यानल इन्डेस्क ऋणात्मक ४४ स्केलमा छ । यस सिसिआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि घट्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।
 
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)
 
लामो समय देखि निरन्तर घटिरहेको एमएसिडी र सिग्नल लाईन दुवै जेरो लाइन आईपुगेको छ । हिस्टोग्राम भने विस्तारै जेरो लाईन तिर बढेको छ । एमएसीडीमा बजारको दिशा परिवर्तनको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।  
 
बोलिन्जर ब्याण्ड 
 
भोलाटिलिटी मापन गर्ने बोलिन्जर ब्याण्डको अपर ब्याण्ड, मिडल ब्याण्ड तथा लोवर ब्याण्ड तीन वटै रेखा खुम्चिएको छ भने कम्पनीको मूल्य मिडल ब्याण्ड तिर रेहको छ । सामान्यतया बोलिन्जर ब्याण्ड खुम्चिएको अवस्थामा कम उतारचढाव हुने संकेत गर्दछ । 
 
निस्कर्ष
 
नेको इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३०.५१ प्रतिशतले नाफा बढेको छ । खुद बिमा शुल्क १०.९१% ले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । पुनर्बिमा कमिशनमा १५.३४%, लगानी कर्जा तथा अन्यमा १८.९७% ले बढेको छ । चुक्ता पुँजी १२% ले बढे पनि नाफा भारी मात्रमा वृद्धि हुँदा प्रतिसेयर आम्दानी पनि ३९ रुपैया ३४ रुपैयाँ पुगेको छ । मे महिना देखि तिब्र रुपमा बढेको नेको इन्सुरेन्सको सेयर भाउ ८५६ पुगेर अहिले सुधारउन्मुख रहेको छ ।

बिमा समूहमा सबै भन्दा बढी उतारचढाव हुने कम्पनीहरुमा नेको इन्सुरेन्स पर्दछ । फिबोनाची रिट्रसमेन्टको आधारमा २३% मा मूल्य घटेको छैन । अन्य प्राविधिक सूचक हेर्दा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स, कमोडिटी च्यानल इन्डेस्क, मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स तथा बोलिन्जर ब्याण्ड आदिबाट हेर्दा तत्काल ठूलो मुभमेन्ट आउने सम्भावना कम रहेको छ । अहिले मूल्यको आधारमा ७७० मा टेवा तथा ८५५ मा अवरोध रहेको छ ।

(सावधानी : यो विश्लेषण आफैंमा पूर्ण पनि होइन । लगानी सम्बन्धी निर्णय लिंदा आफ्नै अध्ययन र विवेक प्रयोग गर्न अनुरोध गरिन्छ ।) 
 
 

Post Your Comment