Market Closed

नेरुडे लघुवित्त मर्जरमा जान तयार, लाभांश अनुमोदन गर्दै

15 Dec,2019
  • nerude_photo_12_19_2018_11_06_08.jpg
नेपाली पैसा
 
काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाले १३ औँ वार्षिक साधारण सभा पुस २८ गते बोलाएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट २०.७९% लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट १५% बोनस सेयर र ५.७९% नगद लाभांश वितरण गर्न लागेको हो । 
 
साधारण सभा उद्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । संस्थापक सेयरधनीको तर्फाबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ । 
 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनको लागि नेरुडेले पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।
 

Post Your Comment