Market Closed

एनएलजी इन्सुरेन्सको ६०% हकप्रदमा बुक क्लोज मिति निर्धारण

28 Jan,2020
  • book_close_1_28_2020_1_21_45.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले ६०% हकप्रद सेयरमा बुक क्लोज मिति तय गरेको छ । कम्पनीको सोमबार (माघ १३ गते) बसेको सञ्चालक समितिको बैठकले माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । माघ २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले धितोपत्र बोडबाट १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पनि पाइसकेको छ । अब छिट्टै यसले हकप्रद बिक्री खुला गर्नेछ । 
 
यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । एनएलजी हकप्रदको रेटिङ पनि गराइसकेको छ । इक्रा नेपालले यस हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल एनएलजीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ६०ट्ट हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment