Market Closed

नेपाल लाइफले १०० रुपैयाँको सेयरलाई अब फेस भ्यालू ५० रुपैयाँ बनाउने : माघ २८ मा एजीएम, बुक क्लोज कहिले ?

19 Jan,2021
  • Nepal-life-insurance-compa_49_8_15_2018_1_25_04.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले माघ २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले ३१% बोनस सेयर र करसहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
 
यता, नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ । 
 
अर्थात् यसअघि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता (फेस भ्यालू) १०० रुपैयाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपैयाँ बनाउन लागिएको हो । यस प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।
 
साधारण सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे सुरु हुनेछ । सभा गर्न कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

 

Post Your Comment