Market Closed

नेसनल लाइफ इन्सुरेन्सको लाभांश पारित गर्न आइतबार एजीएम बस्ने

08 Nov,2019
  • national_life_8_16_2019_7_44_02_10_25_2019_11_50_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४.५% लाभांश प्रस्ताव पारित गर्न आइतबार कात्तिक २४ गते साधारण सभा बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते देखि कात्तिक २४ गतेसम्म बुक क्लोज गरेको छ । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
 
कम्पनीले आर्थिक वर्ष २०७४–२०७५ को नाफाबाट लाभांश बाँड्न लागेको हो । यसले १२% नगद र बोनस २.५% बोनस सेयर दिनेछ । नगद लाभांशमा ३ अर्ब ७४ लाख ४० हजार ५३५ रुपैयाँ खर्च गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ३९ लाख ५७ हजार १५८.५९ रुपैयाँ पनि दिनेछ । सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७४–७५ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
 
सभाले २०७५–७६ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । कम्पनीले सेयर संरचना पनि फेरबदल गर्ने भएको छ । यसअधि सर्वसाधारण समूहको ३५% र संस्थापकको ६५% रहेको सेयर संरचना अब सर्वसाधारणको ४९% र संस्थापकको ५१% कायम गने प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि अघि सारेको छ । 
 
नेसनल लाइफले आर्थिक वर्ष २०७५–७६ को लाभांश भने घोषणा गर्न बाँकी छ । हाल नेसनलको चुक्ता पुँजी ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ रहेको छ । २.५% बोनस वितरणपछि पुँजी ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ पुग्नेछ । नेसनलले असार मसान्तसम्ममा ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ १८ पैसा रहेको नेसनलको प्रतिसेयर नेटवर्थ भने १३० रुपैयाँ ५५ पैसा छ ।

Post Your Comment