Market Closed

एनएमबि र ओमबीच मर्जर सम्पन्न, असोज ११ देखि हुने भयो एकीकृत कारोबार

24 Sep,2019
  • Merger_9_24_2019_10_24_47.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्पन्न भएको छ । यी दुई बैंकले मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएका छन् । स्वीकृतिपछि अब एनएमबि बैंकको नामबाट असोज ११ गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।
 
एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएका हन् । एनएमबि र ओमले मर्जरका लागि जेठ २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेका थिए ।
 
एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्ज भएका हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाउनेछन् । मर्जरपछि एनएमबिको अधिकृत, जारी तथा चुक्ता पुँजीमा वृद्धि भएको छ ।

Post Your Comment