Market Closed

एनएमबि बैंकको शुक्रबार सबै सेवा अवरुद्ध, एकीकृत कारोबारको तयारी

27 Sep,2019
  • NMB-bank-Ltd_8__8_16_2018_10_55_11.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकको शुक्रबार सबै सेवा अवरुद्ध हुने भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गरी शनिबारदेखि एकीकृत कारोबार गर्न लागेकाले शुक्रबार कारोकार अवरुद्ध भएको हो । दुवै बैंकको तथ्यांकलाई एकीकृत गरी एउटै कारोबार बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नुपर्ने भएकाले शुक्रबार सेवा अवरुद्ध भएको बैंकले जनाएको छ । 
 
एनएमबिले एक सूचना जारी गर्दै बैंकको सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ्ग, एटीएम/पीओएस सेवा, रेमिट्यान्स सेवा तथा बैंकले विद्युतीय माध्यमबाट प्रदान गर्ने सेवालगायत सम्पूर्ण बैंकिङ कारोबार नचल्ने जनाएको छ । एनएमबि बैंकको नामबाट शनिबार (असोज ११ गते) देखि एकीकृत कारोबार हुने भएको छ । 
 
एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएका हन् । एनएमबि र ओमले मर्जरका लागि जेठ २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेको थियो । 
 
एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्जर भएको हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाउनेछन् । मर्जरपछि एनएमबिको अधिकृत, जारी तथा चुक्ता पुँजीमा वृद्धि भएको छ ।

Post Your Comment