एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै

11 Nov,2019
  • NMB-bank-Ltd_8__8_16_2018_10_55_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि बैंकले ३५% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २१% बोनस सेयर र १४% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । 

बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष  एनएमबिले १०% बोनस सेयर र २०% नगद लाभांश वितरण गरेको थियो । 


 
 
 

Post Your Comment