Market Closed

वाणिज्य बैंकहरुको नाफा १६ अर्ब, यस्तो देखिन्छ ब्याज आम्दानी

18 Nov,2019
  • growth_11_18_2019_5_16_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : चालु आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकको नाफामा सामान्य प्रगति देखिएको छ । २८ बैंकले समग्रमा १६ अर्ब १७ करोड ६४ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको भन्दा ६.२५% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकहरुको नाफा १५ अर्ब २२ करोड ३६ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
 
खुद नाफासँग प्रत्यक्ष जोडिने र सबैभन्दा बढी प्रभाव पार्ने एक प्रमुख सूचक खुद ब्याज आम्दानी यसपटक ६.९२% ले बढेको छ । खुद ब्याज आम्दानीको वृद्धि अनुपातकै हाराहारीमा खुद ब्याज आम्दानी पनि वृद्धि भएको देखिन्छ । समग्रमा यसपटक बैंकले ३३ अर्ब ६४ करोड ३८ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत वर्ष वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी ३१ अर्ब ४६ करोड ६३ लाख ५ हजार रुपैयाँ रहेको थियो । 
 
१९ बैंकको नाफा बढ्यो, धेरै कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक 
 
असोज मसान्तसम्म आइपुग्दा १९ बैंकहरुले नाफा बढाएका छन् । सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले १ अर्ब १२ करोड ७५ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । एनएमबि बैंकको नाफा सबैभन्दा धेरै ४८.०५% ले बढेको छ । यता, ८ बैंकको नाफा भने गत वर्षको भन्दा घटेको छ ।




नाफा घट्ने बैंकमा नेपाल एसबीआई, सिटिजन्स, सिद्धार्थ, नेपाल, बैंक अफ काठमान्डू, एनसीसी, नेपाल इन्भेष्टमेन्ट र सिभिल रहेका छन् । 
 
३ बैंकको नाफा अर्बभन्दा माथि
 
असोज मसान्तसम्म आइपुग्दा ३ बैंकले १ अर्बभन्दा माथि नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहे पनि नबिल र एनआइसी एसिया बैंकको नाफा पनि अर्ब भन्दा माथि छ । नबिलको नाफा ६.७५% ले बढेर १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ पुगेको हो । यता, एनआइसीको नाफा ३४.१३% ले बढेर १ अर्ब ९६ लाख ५ हजार रुपैयाँ पुगेको छ । 
 
वाणिज्य बैंकहरुको ३३ अर्ब ६४ करोड रुपैयाँ खुद ब्याज आम्दानी 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले समग्रमा ३३ अर्ब ६४ करोड ३८ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यसअवधिमा २१ बैंकले खुद ब्याज आम्दानी बढाएका छन् ।




सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा सनराइज बैंक रहेको छ । यसको खुद ब्याज आम्दानी ३३.९१% ले बढेर १ अर्ब १० करोड ५ लाख १४ हजार रुपैयाँ पुगेको छ । 

Post Your Comment