Market Closed

एनएमबि बैंकको अध्यक्षमा दोहोरिए गोल्याण, सञ्चालकमा को–को आए ?

14 Jan,2020
  • NMB-bank-Ltd_8__8_16_2018_10_55_11_1_9_2020_10_06_06.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकको अध्यक्षमा पुनः पवनकुमार गोल्याण चयन भएका छन् । गोल्याण बैंकको २४ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा चयन भएका हुन् । बैंकको सञ्चालकमा एफएमओ नेदरल्याण्डको तर्फबाट संस्थापक सेयरधनी निको पिल र कर्मचारी संचय कोषका तर्फबाट राजेन्द्र काफ्ले चयन भएका छन् ।

त्यस्तै, सर्वसाधरण सेयरधनीका तर्फबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका चयन भएका छन् । भने, स्वतन्त्र सञ्चालकमा प्रदीपराज पाण्डे चयन भएका छन् । अध्यक्ष गोल्याणलाई राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
 

Post Your Comment