Market Closed

एनएमबिको बढ्यो वितरण योग्य नाफा

14 Aug,2020
  • NMB-bank-Ltd_8__8_16_2018_10_55_11_1_9_2020_10_06_06.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकले गत आर्थिक वर्षको थौथो त्रैमाससम्म आइपुग्दा २ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ०.५९% ले धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । वितरणयोग्य नाफा पनि ११.९२% ले बढाउन एनएमबि सफल भएको छ । अघिल्लो वर्ष १ अर्ब २७ करोड रुपैयाँ रहेको वितरण योग्य नाफा यो त्रैमससम्म आइपुग्दा बढेर १ अर्ब ४२ करोड पुगेको छ ।
 निक्षेप संकलन ३४.४९% र कर्जा लगानी ३०.७५% ले विस्तार गर्न एनएमबि सफल भएको छ ।



हाल यस बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ छ । यस अवधिमा बैंकको खराब कर्जा बढेर २.६८% पुगेको छ । एनएमबिको खुद ब्याज आम्दानी ३०.१९% ले बढ्दा सञ्चालन नाफा २५.०५% ले घट्न पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले घटेर १६ रुपैयाँ ७३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा छ । 
 

Post Your Comment