नेपाली पैसा
काठमाडौं : एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४७.६९% ले धेरै हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले वितरणयोग्य नाफा पनि ३५.२१% ले बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ ।
बैंकको खुद ब्याज आम्दानी ४.९५% र सञ्चालन नाफा ४५.९६% ले बढेको छ । यसले गर्दा पनि नाफा बढेको देखिन्छ । पुस मसान्तसम्म बैंकले निक्षेप संकलन १२.७६% र २०.८१% ले बढाउन सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ ५० पैसा कायम भएको छ । एनएमबिको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४१ पैसा छ ।
